न्यूयोर्कमा हरितालिका तीज नृत्य प्रतियोगिता सम्पन्न, रिजवुड नेपाली समाज, प्रथम !

न्यूयोर्क,सेप्टेम्बर १ ।
रितालिका तीजको अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको “तिज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” सम्पन्न भएको छ ।
क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा भएको नेपालीहरूको महान पर्व हरितालिका तीजको अवसरमा तीज नृत्य प्रतियोगितामा रिजवुड नेपाली समाज, प्रथम हुन सफल भएको छ ।
उक्त प्रतियोगितामा रिजवुड नेपाली समाज प्रथम, अमेरिकन कलाकार संघ द्वितिय, म्याग्दी समाज न्युयोर्कले तृतिय स्थान हात पार्दै क्रमशः अमेरिकन ५०० डलर, २५० डलर र २०० डलर सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्यो ।
नृत्य प्रतियोगितामा बरिष्ठ नृत्य निर्देशक गोबिन्द राई, नृत्य निर्देशक शिव बिक र नृत्यंगना बसन्ती राईले निर्णायक मण्डलको भुमिका खेल्नु भएको थियो ।

“प्रवासमा नेपाली कला संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण तथा सम्बर्धनको अभियान” भन्ने नाराका साथ दुई क्लबको आयोजनामा अमेरिकाको न्यूयोर्कमा “तिज बिशेष दर खाने तथा नृत्य प्रतियोगिता” को आयोजना गरिएको थियो।

क्विन्स केटिएम लायन्स क्लब अध्यक्ष तथा जोन चेयर लायन रश्मी श्रेष्ठ र क्विन्स बुद्ध लायन्स क्लबका अध्यक्ष चन्द्र नेपालीको अध्यक्षतामा तथा नेपाली महाबाणिज्य दुतावासको कार्यालय, न्युयोर्कका सहायक बाणिज्यदुत संगिता न्यौपानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
महिला रेस्लर, गायिका तथा मोडल अस्मिता जुरेली र मिस कस्मोपोलिटन वर्ल्ड २०१९, मोडल तथा ईभेन्ट कोरियाग्राफर, प्रिया रानी लामालाई पनि दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन क्विन्स बुद्ध लायन्स क्लबका पूर्व अध्यक्ष, कलाकार तथा पत्रकार विक्की पुलामी मगरले गर्नुभएको  थियो।

Advertisment