अमेरिकाको न्यूयोर्कमा भुकम्पको पराकम्पन !

न्यूयोर्क,अप्रिल/०५/२०२४

न्यूयोर्क सहर र आसपासका क्षेत्रमा शुक्रबार बिहान १० बजेर २३ मिनेटको समयमा शक्तिशाली भूकम्प गएको छ ।  

४.८ म्याग्निच्युडको भूकम्पले बिहानको समयमा न्यु जर्सीदेखि न्यूयोर्क शहर र कनेक्टिकटसम्मका भवनहरू हल्लाएको थियो भने फिलाडेल्फिया र बाल्टिमोरका राज्य क्षेत्रमा पनि यसको प्रभावको महसुस गरिएको थियो।

जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको थियो ।भूकम्पबाट कुनै पनि क्षति नभएको र कसैलाई चोटपटक नलागेको खबर आएको छ ।

Advertisment