बागलुङ–पोखरा मगर समाजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

पोखरा, ३ वैशाख
बागलुङ–पोखरा मगर समाजले प्रकाशन गरेको नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष गजेन्द्र थापामगर, संस्थापक अध्यक्ष दलबहादुर थापामगर, पूर्व अध्यक्षहरू क्या. मीनबहादुर पुनमगर, भीमबहादुर श्रीसमगर र सल्लाहकार किरणप्रसाद थापामगरले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गर्नुभएको हो ।
समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगरले गर्नुभएको थियो । कार्यक्रममा समाजको निर्माणाधीन भवनका बारेमा जानकारी गराइएको थियो ।

Advertisment