तालचोकमा लखन सहकारीको सेवा केन्द्र उद्घाटन

पोखरा, १ साउन
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीले पोखरा–२७, तालचोकमा आफ्नो पहिलो सेवा केन्द्र विस्तार गरेको छ ।


शुक्रबार आयोजित कार्यक्रममा सेवा केन्द्रको उद्घाटन गर्दै सो सहकारीका अध्यक्ष पूर्णबहादुर रानामगरले साबिक लेखनाथ क्षेत्रका आफ्ना शेयर सदस्यको सुविधाका लागि सेवा केन्द्र खोलिएको जानकारी दिनुभयो । अध्यक्ष रानामगरले सेवा केन्द्रको स्थापनापछि लेखनाथ क्षेत्रका शेयर सदस्यलाई कारोबारका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सहकारीकी उपाध्यक्ष एवं सेवा केन्द्रकी संयोजक बुद्धिमाया थापामगरले सहकारीको कार्यक्षेत्र विस्तारसँगै सेवा केन्द्रलाई विस्तार गर्दै लगिने बताउनुभयो । सहकारीका सात सिद्धान्त अनुरुप सहकारी सञ्चालन भइरहेको भन्दै थापामगरले सहकारीका सदस्यहरूको हितमा सेवा केन्द्रले महत्वपूर्ण टेवा दिने उल्लेख गर्नुभयो ।

Advertisment