संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा झण्डोत्तोलन

पोखरा, ३ असोज
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले छैठौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रदेश प्रमुखको कार्यालय र निवासमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नुभएको छ ।


यसपाली कोरोना महामारीका कारण गण्डकी प्रदेशमा कुनै औपचारिक नभएकाले कार्यालयमा झण्डोत्तोलन गरी संविधान दिवस मनाइएको हो । प्रदेश प्रमुख शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालय र सिमलचौरस्थित निवासमा झण्डोत्तोलन गर्नुभएको हो । यसअघि, शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालय र निवासमा दीप प्रज्ज्वलन समेत गरिएको थियो । प्रदेश प्रमुखको निवासमा आइतबार साँझसम्म तीन दिन दीप प्रज्ज्वलन गरिने प्रदेश प्रमुखका प्रेस संयोजक रुद्रबहादुर श्रीसले जानकारी दिनुभयो ।

Advertisment