अर्जुन बाँस्तोलाको ‘कर्म फुट्यो’

पोखरा, १९ असार
नवोदित सर्जक अर्जुन बाँस्तोलाले “कर्म फुट्यो” नामक लोकगीत बजारमा ल्याएका छन् । बाँस्तोलाको शब्द रहेको गीतमा नवोदित गायक समीर रामदामको लय र स्वर रहेको छ ।
सार्वजनिक भएको सो गीतको म्यूजिक भिडियोको निर्देशन विनोद पहारीले गरेका हुन् भने अर्जुन आफैंले छायाङ्कन र सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा शेषकान्त भट्टराई, आशा विश्वकर्मा, विनोद पहारीलगायतले अभिनय गरेका छन् ।
एपोष्टल स्टुडियोमा रेकर्ड गरिएको सो गीतको संगीत संयोजन दिवस थापामगरले गरेका छन् भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन फलानो क्रियशनले गरेको हो । म्यूजिक भिडियोमा सुवास अम्गाईंको रङ संयोजन र सरिता दानकुटीको श्रृंगार संयोजन रहेको छ । नवोदित सर्जक अर्जुनले आफ्नो पहिलो प्रस्तुती भएकाले केही कमीकमजोरी भएपनि राम्रो गर्ने प्रयास गरेको बताएका छन् । दर्शकको माया पाउने अपेक्षा समेत उनले गरेका छन् ।

https://www.youtube.com/watch?v=KXJrFIFxRXo

Advertisment