समाजसेवी गुरुङद्वारा फोनिज, गण्डकी प्रदेशलाई सुरक्षा सामग्री प्रदान

पोखरा, १६ असार
हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुभएको छ ।
समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपाल र मिलन वल्र्ड डट न्यूजमार्फत् फोनिज, गण्डकी प्रदेशलाई २५ हजार रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुभएको हो । उहाँले प्रदान गर्नुभएको सर्जिकल मास्क, केएन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुनलगायतका स्वास्थ्य सुरक्षा सामग्री मंगलबार फोनिज, गण्डकी प्रदेशलाई हस्तान्तरण समेत गरिएको छ ।
समाजसेवी गुरुङकी आमा एवं मिलन ट्रष्ट नेपालकी संरक्षक, समाजसेवी सावित्री गुरुङले फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरलाई ती सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो । सुरक्षा सामग्री ग्रहण गर्दै फोनिज, गण्डकी प्रदेशका अध्यक्ष मगरले समाजसेवी गुरुङले फोनिज र पत्रकारप्रति देखाउनुभएको सद्भाव एवं सहयोगको सधैं सम्मान गर्ने उल्लेख गर्नुभयो ।
अहिलेको समयमा सच्चा दिलले सामाजिक सेवा गर्ने व्यक्तिको अभाव भएको भन्दै मगरले समाजसेवी गुरुङ भने त्यसको अपवाद भएको बताउनुभयो । अध्यक्ष मगरले समाजसेवी गुरुङले गर्नुभएको सहयोगको फोनिजले उच्च मूल्याङ्कन गर्ने र सहयोगलाई सही ठाउँमा प्रयोग गरिने वाचा गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै, समाजसेवी गुरुङले राम्रो काम गर्ने संस्थालाई आफूले सधैं सहयोग गर्ने उल्लेख गर्नुभयो ।
समाजसेवी गुरुङले प्रदान गर्नुभएको सुरक्षा सामग्री कोभिड–१९ को जोखिमका बीच क्रियाशील गण्डकी प्रदेश अन्तर्गत फोनिजका विभिन्न जिल्ला शाखामार्फत् पत्रकारहरूलाई वितरण गरिने फोनिज, गण्डकी प्रदेशकी संगठन सचिव खिमा गुरुङले जानकारी दिनुभएको छ । फोनिज, गण्डकी प्रदेशले यसअघि, फोनिज, गण्डकी आकष्मिक कोष स्थापना गर्ने निर्णय समेत गरिसकेको छ ।
समाजसेवी गुरुङले यसअघि, पनि विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री, स्वास्थ्य सामग्रीलगायतका सहयोग गरिसक्नुभएको छ । सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा फोनिज, गण्डकी प्रदेशका अध्यक्ष मगरसहित महासचिव रूद्रबहादुर श्रीसमगर, संगठन सचिव खिमा गुरुङ, अनुशासन आयोगका अध्यक्ष मणि गुरुङ, कार्यसमिति सदस्यद्वय मीना थापामगर र सुमन गुरुङको समेत उपस्थिति रहेको थियो ।

Advertisment