गण्डकी प्रदेश प्रमुख शेरचनलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण

पोखरा, १७ जेठ
आइतबार गण्डकी प्रदेशसभामा प्रस्तुत गरिने गण्डकी प्रदेश सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रमको प्रति गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई हस्तान्तरण गरिएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार बिहान प्रदेश प्रमुख शेरचनलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले आइतबार दिउँसो ३ बजे पोखरा सभागृहमा जारी प्रदेशसभाको छैठौं अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेश प्रमुख शेरचनसँग मुख्यमन्त्री गुरुङले नीति तथा कार्यक्रम र आगामी बजेटबारे पनि छलफल गर्नुभएको छ ।

Advertisment