पोखरा, १७ जेठ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेशसभामा प्रदेश प्रमुखबाट यही जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी गण्डकी प्रदेश प्रमुख शेरचनसहित उहाँको सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीहरूको पीसीआर विधिबाट परीक्षण गरिएको हो ।
शनिबार बिहान गरिएको परीक्षणका क्रममा प्रदेश प्रमुख शेरचन, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलासहित स्वकीय सचिवालयमा कार्यरत कर्मचारी एवं सुरक्षाकर्मीहरू गरी ४० जनाको स्वाब लिइएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदी, मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान), गण्डकी प्रदेशका अध्यक्ष सूर्य पोखरेल, ल्याब प्राविधिकद्वय राजेन्द्र पौडेल र सुशीला कार्कीलगायतको टोलीले परीक्षण गरेको हो ।
गण्डकी प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण
१७ जेष्ठ २०७७, शनिबार
1019
Advertisment