भिजन लुम्बिनी ऊर्जाद्वारा सार्दीखोला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

पोखरा, ३० वैशाख
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. २ स्थित सार्दीखोला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
एक कार्यक्रमका बीच कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै वडाध्यक्ष गुरुङले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न कम्पनीले गरेको स्वास्थ्य सामग्री सहयोगले टेवा पुग्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले सो स्वास्थ्य चौकीलाई तीन थान इन्फ्रारेड थर्मोमिटर, सर्जिकल ग्लोब्स पाँच सय थान, लुज ग्लोब्स पाँच सय थान, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ६ सेट, सर्जिकल सटर २४ थान, ह्यान्ड सेनिटाइजर १० बोतल, फेश मास्क १ हजार थान प्रदान गरेको कम्पनीका जनसम्पर्क निर्देशक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।

Advertisment