काठमाडौं, ६ वैशाख
कोरोना भाइरसबारे सञ्चारमाध्यममार्फत निरन्तर जानकारी गराइरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का क्लिनिकल रिसर्च युनिटका संयोजक, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ ।
कोरोना भाइरसका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पुनलाई पत्र पठाएको हो । डाक्टर पुनले पनि आफूलाई स्पष्टीकरण माग गरेर पत्र पठाइएको सुनेको तर पाइनसकेको बताउनुभएको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई सरकारले सोध्यो स्पष्टीकरण
६ बैशाख २०७७, शनिबार
786
Advertisment