लण्डन, २५ चैत्र
संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ ।
प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार कक्षमा सारिएको र उनको उचित हेरबिचार भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई “जहाँ आवश्यक पर्छ” त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताएका छन् ।
५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई भेन्टिलेटरमा भने राखिएको छैन । उनलाई आइतवार सांझ लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो । महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम दरबारले जनाएको छ । गत मार्च २७ मा कोरोनाभाइरसको सङ्क्रमण देखिए यता सेल्फ क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री जोनसनमा लक्षणहरूमा सुधार नआएपछि अस्पताल भर्ना गरिएको थियो । नियमित स्वास्थ्य जाँचका क्रममा उनमा उच्च ज्वरो र खोकी देखिएको थियो ।
कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन आईसीयूमा
२५ चैत्र २०७६, मंगलवार
1680
Advertisment