विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ७४ हजार नाघ्यो

काठमाडौं, २५ चैत्र
विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् ।
संक्रमितमध्ये ४७ हजार बढीको अबस्था गम्भीर रहेको छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ६४ हजार ८ सय ८५ जना संक्रमित छन् भने १० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको छ । स्पेनमा थप ७ सय जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ३ सय ४१ पुगेको छ ।
अर्को यूरोपेली मुलुक इटलीमा १ लाख ३२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । त्यहां थप ६ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १ लाख ३ हजार ३ सय ७४ जना संक्रमित भएका छन् । १ हजार ८ सय १० जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना संक्रमितको संख्या ९८ हजार १० पुगेको छ । मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।
उता इरानमा संक्रमितको संख्या ६० हजार ५ सय र ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या बढेर ५१ हजार ६ सय ८ पुगेको छ । ५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोनाको प्रकोप बढिरहेको छ । त्यहा संक्रमितको संख्या ४ हजार ६ सय ८१ र मृतकको संख्या १ सय ८७ पुगेको छ । पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६६ पुगेको छ । ५३ जनाको मृत्यु भएको छ ।

Advertisment