गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई १ करोड ४५ लाख दिने

पोखरा, २५ चैत्र
गण्डकी प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरूलाई १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार सम्पन्न प्रदेश मन्त्रिपरिषद्को ३८ औं बैठकले अनुगमन, इन्धन, मसलन्द, गाडी मर्मत सम्भारका निम्ति खर्च गर्ने गरी सो रकम विनियोजन गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । जस अन्तर्गत प्रदेशका ११ जिल्लामध्ये मुस्ताङ र मनाङलाई ५/५ लाख र अन्य जिल्लालाई १५/१५ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।

Advertisment