बागलुङ, २४ चैत्र
कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
बाग्लुङ नगरपालिका–३ गांैडाकोटस्थित घरमा बस्दै आएकी संक्रमित महिलाको परिवारका चार सदस्यको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएकोमा उनीहरू सवैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभएको छ । गत बिहीबार कोरोना संक्रमण पुष्टि भएकी महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बागलुङकी कोरोना संक्रमित महिलाको परिवारमा कोरोना भेटिएन
२४ चैत्र २०७६, सोमबार
541
Advertisment