काठमाडौं, २४ चैत्र
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न वर्तमान विषम परिस्थितिमा उपचार अभाव तथा औषधि अपर्याप्तताका कारण लाखौंको संख्यामा रहेका बिरामीहरू समस्यामा पर्न थालेकामा गम्भीर चिन्ता प्रकट गरेको छ ।
आयोगले आइतबार विज्ञप्ति जारी गरी मिर्गौला, क्षयरोग, क्यान्सर, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक समस्याजस्ता रोगहरुका बिरामीहरूले समयमै उपचार र औषधि नपाइएको भन्दै तत्काल कोभिड–१९ सहित सबै बिरामीको उपचार र औषधिको ग्यारेन्टी गरी सबै नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले अनुगमनका क्रममा कतिपय घरबेटीले स्वास्थ्यकर्मीहरूलाई घरमा बस्न नदिएको पाइएको उल्लेख गर्दै तत्काल यस्ता समस्या समाधान गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
सबै नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर ः मानवअधिकार आयोग
२४ चैत्र २०७६, सोमबार
726
Advertisment