कोरोना भाइरसबाट मर्नेको संख्या ६९ हजार नाघ्यो

काठमाडौं, २४ चैत्र
कोरोना भाइरसको संक्रमण कारण विश्वमा ६९ हजार ४५६ जनाको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख ७३ हजार ७०९ नाघेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन ।
त्यहाँ संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार नाघेको छ । त्यहाँ ९ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट संक्रमित भएकामा दुई लाख ६२ हजार ४८६ मानिस निको भएर घर फर्किएका छन् भने ४५ हजार ५९२ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १५ हजार ८ सयभन्दा बढी छन् भने स्पेनमा १२ हजार ६ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख २८ हजार ९ सय नाघेको छ । फ्रान्समा मृतकको संख्या ८ हजार नाघेको छ । बेलायतमा ४ हजार ९ सय नाघेको छ । इरानमा मृतकको संख्या ३ हजार ६ सय नाघ्दा चीनमा यो संख्या ३ हजार ३ सय ३१ छ । भारतमा ११७ जनाको मृत्यु भएको छ ।

Advertisment