काठमाडौं, १७ चैत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धित जानकारी दिनका लागि विशेष वेबसाइट सुरु गरेको छ ।
मन्त्रालयले कोरोनासँग सम्बन्धि सबै जानकारी दिन आईतबारबाट विशेष वेबसाइट सुरु गरेको हो । वेबसाइटको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकले अब घरमै बसेर कोरोनासँग सम्बन्धित आधिकारिक जानकारी प्राप्त गर्न सक्ने बताउनुभयो । यसले संक्रमित व्यक्तिको पहिचान गर्न, अस्पतालले दिने सुविधा र संक्रमित व्यक्तिले आफ्नो अवस्था बारे थाहा पाउन सकिने मन्त्री ढकालले बताउनुभयो ।
विभिन्न ठाउँमा रहेका अस्पताल, क्वारेन्टाइन र आईसोलेसन स्थान, अस्पतालले दिने सेवा सुविधा र कोरोना सम्बन्धी जानकारी दिने उद्देश्यका साथ एप्सको सुरुवात गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जाानकारी दिनुभयो । नेपालमा हालसम्म कति नमूना परीक्षण भए, कति हुँदैछ लगायत विवरण पनि उक्त वेबसाइटमा राखिने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाबारे जानकारी दिन विशेष वेबसाइट सुरु
१७ चैत्र २०७६, सोमबार
691
Advertisment