‘लकडाउन’को समय लम्बियो, चैत्र २५ गतेसम्म जारी रहने

काठमाडौं, १७ चैत्र
सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न ‘लकडाउन’ र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । आइतबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले राहत प्याकेजको पनि निर्णय गरेको छ । सरकारले यही चैत ११ देखि १८ गतेसम्म लकडाउनको निर्णय गरेकामा अब नयाँ निर्णयअनुसार यो २५ गतेसम्म कायम रहने छ ।
यसअघि, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन अवधि सात दिन थप्नुपर्ने ठहर गरेको थियो । आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको ‘लकडाउन’ २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको थियो ।

Advertisment