गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा काेराेना काेषमा एक महिनाकाे पारिश्रमिक दिने घाेषणा

पाेखरा, ११ चैत्र
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ‘काेराेना भाइरस संक्रमण राेकथाम, नियन्त्रण तथा उपचार काेष’लाई अाफ्नाे एक महिनाकाे पारिश्रमिक प्रदान गर्नुहुने भएकाे छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित काेषलाई प्रदेश प्रमुख शेरचनले अाफ्नाे एक महिनाकाे पारिश्रमिक प्रदान गर्नुहुने भएकाे हाे । राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारमा काेषकाे नाममा रहेकाे खातामा रकम जम्मा गर्नका लागि प्रदेश प्रमुख शेरचनले अावश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएकाे छ ।
साथै, प्रदेश प्रमुख शेरचनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सम्पूर्ण नेपालीलाई अपील समेत गर्नुभएको छ ।

Advertisment