ल्होसारले सवैमा एकताको भावना बढाओस मुख्यमन्त्री गुरुङ

पुस १५ पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ल्होसार पर्वले सवै नेपाली बीच वन्धुत्व, प्रेम र एकताको भावना वढाउने विश्वास व्यक्त गरेका छन् । साथै पर्वले आपसी सद्भाव र भातृत्व कायम गर्दै शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि सवैमा प्रेरणा प्रदान गरोस भनी कामना समेत गरेका छन । गुरुङ जातिको महान पर्व ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले गुरुङ जातिले नया बर्षको रुपमा मनाउने पर्वले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने विश्वास समेत व्यक्त गरेका छन । “सॉस्कृतिक परम्पराका धनि नेपालका तमु (गुरुङ) समुदायले सदियौं देखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आइरहेको सन्दर्भमा तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने विश्वास लिएको छु” मुख्यमन्त्री गुरुङद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । यसवर्ष तमू जातिको फो ल्हो मृग बर्गलाई विदाई र च्यू ल्हो मुसा बर्गको स्वागत गर्दै नया बर्ष मनाउदैछन् । मुसा बर्गमा रहेका गुरुङहरुले प्हच्यू, घ्याब्री र लमद्धारा मन्त्रोउच्चरित विशेष रुप लगाउने गर्दछन् । तमू ह्युल छोंज धीं, तमू धीं, तमू प्ये ल्हु संघ र बौद्ध अर्घु सदन लगायतका विभिन्न संघसस्थाले ल्होसारको अवसरमा विभिन्न औपचारिक कार्यक्रम ल्होसार पर्व मनाउने गर्दछन् ।

Advertisment