के ल्याए कृष्ण र सरस्वतीले ‘भिर्नी झोलामा’

पोखरा, ७ कात्तिक
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पूर्वसन्ध्यामा लोक तथा दोहोरी गायक कृष्ण अखेली र लोक तथा दोहोरी गायिका सरस्वती लामिछानेले नयाँ सांगीतिक कोसेली दर्शकस्रोतामाझ ल्याएका छन् ।
“भिर्नी झोलामा” बोलको गीतमार्फत् एक अर्कालाई कोसेली के ल्याइदिने भन्ने दोहोरी संवाद प्रस्तुत गरिएको छ । शिव अखेलीको शब्द र गायक कृष्ण अखेलीको लय रहेको यस गीतको म्यूजिक भिडियो तिर्सना म्यूजिकको युट्युबमार्फत् सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएलगत्तै यस गीत युट्युब ट्रेण्डिङमा समेत पर्न सफल भएको छ । “भिर्नी झोलामा” २४ नम्बर ट्रेण्डिङमा परेको छ ।
सुनिल क्षत्रीले निर्देशन गरेको म्यूजिक भिडियोमा सुनिल क्षत्री, रक्षा श्रेष्ठ र अर्जुन गौतमले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोको अमृत चापागाईंले सम्पादन गरेका हुन् भने अमृता ग्वाछाको श्रृंगार रहेको छ ।

Advertisment