मगर संघ युएईको अध्यक्षमा शिला रानामगर

पोखरा, २ कात्तिक
नेपाल मगर संघ, संयुक्त अरब इमिरेट्स (युएई) शाखाको अध्यक्षमा शिला रानामगर निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न १० औं महाधिवेशनबाट अध्यक्षमा रानामगर निर्वाचित हुनुभएको हो ।
त्यसैगरी, महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भुवन थापामगर, उपाध्यक्षहरूमा मोहन बुढाथोकीमगर, मनु थापामगर र राजु बुढामगर, महासचिवमा नयन घर्तीमगर, उपमहासचिवमा राजेन्द्र थापामगर, सचिवमा सीता रजालीमगर, कोषाध्यक्षमा प्रदीप पुनमगर र प्रवक्तामा विष्णु घर्तीमगर निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा अनिता आलेमगर, नवीन थापामगर, शंकर रानामगर, तारा रास्कोटीमगर, चुमन दर्लामीमगर र युवराज थापामगर रहनुभएको छ । महाधिवेशनको उद्घाटन नेपाल मगर संघका विदेश सचिव एवं अन्तर्राष्ट्रिय मगर महासंघका उपमहासचिव रक्षाबहादुर रैकामगरले गर्नुभएको थियो । निवर्तमान अध्यक्ष टंक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव डोल रानामगरले गर्नुभएको थियो ।

Advertisment