मोडलिङबाट गायनतिर करुणाको छलाङ, ल्याइन् ‘ठूले’

पोखरा, २९ असोज
मोडलिङमा स्थापित भइसकेकी मोडल करुणा पुनले गायनतिर आफ्नो पाइला अघि बढाएकी छिन् । करुणाले आफ्नै डेब्यु स्वरमा “ठूले” लिएर आएकी छिन् ।
गोविन्द पुनको शब्द र नवीन रानाको संगीतमा सुविन सेञ्चुरीले एरेञ्ज गरेको “ठूले”को म्यूजिक भिडियोमा पनि उनी आफैंले मोडल गोविन्द पुनसँग अभिनय गरेकी छिन् । उनीहरूलाई शरद् आले, शेरबहादुरले पनि अभिनयमा साथ दिएका छन् ।
गोविन्द पुनको निर्देशन, दानबहादुर श्रीस र प्रेम थापाको छायांकन, दानबहादुर श्रीसको सम्पादन रहेको म्यूजिक भिडियोका लागि पुनम पुनको श्रृंगार रहेको छ । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको यो गीतको रेकर्ड भने राग रेकर्डसमा गरिएको हो ।

Advertisment