गण्डकी ढुवानी प्रालिको अध्यक्षमा रामबहादुर तामाङ

पोखरा, ९ असोज
गण्डकी ढुवानी प्रालिको प्रथम साधारणसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा रामबहादुर तामाङ चयन हुनुभएको छ ।
अधिवेशनबाट चयन भएका सञ्चालकहरूमा ईश्वर बस्याल, इन्द्र मल्ल, गंगा वाइबा, रत्नबहादुर आले, दिलबहादुर लिम्बू र श्यामकुमार ताम्राकार रहनुभएको छ । गण्डकी मिनी ट्रक तथा मझौला यातायात व्यवसायी समितिको नाम परिवर्तन भइ गण्डकी ढुवानी प्रालिका नाममा कम्पनीमा रुपान्तरित भएको हो ।

Advertisment