ह्योल्मो समाजका उपाध्यक्षलाई पितृशोक

पोखरा, ९ असोज
नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय उपाध्यक्ष समाजसेवी खड्कबहादुर ह्योल्मोलाई पितृशोक परेको छ ।
उहाँका पिता, मादी गाँउपालिका वडा नं ७, तप्राङमा वि. सं. १९९३ सालमा जन्मनु भै हाल पोखरा महानगरपालिका वडा नं ३० शिशुवानिवासी समाजसेवी मोहनसिंह ह्योल्मो (किपु लामा) को ८३ वर्षको उमेरमा उपचारका क्रममा बुधबार निधन भएको हो। स्वर्गीय ह्योल्मो विगत केही समय अगाडिदेखि फोक्सोको समस्यवाट पिडित भई उपचाररत हुनुहुन्थ्यो।
नेपाल ह्योल्मो समाज सेवा संघ, कास्कीद्वारा पोखरा १४, चाउथेमा निर्माण गरिरहेको ह्योल्मो संग्रहालयसहितको समाजघर निर्माणमा वहाँको महत्वपूर्ण योगदान रहेको थियो। विभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्न रहि भूमिका निर्वाह गर्नुभएका समाजसेवी ह्योल्मोको निधनबाट समाजलाई ठूलो क्षति पुगेको नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीका अध्यक्ष क्याप्टेन पूर्णबहादुर ह्योल्मोले बताउनुभयो ।
भारतीय सेनाका सेवा निवृत्त उहाँको चार छोरा एक छोरी तथा दर्जनांै नाति, नातिनी रहेका छन् । दिवङ्गत ह्योल्मोको बौद्ध विधि अनुसार बौद्ध अर्घौ सदन पोखरामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम संस्कार गरिएको वहाँको पारिवारिक स्रोतले जानकारी गराएको छ।

Advertisment