नेपाल मगर संघ, लमजुङको अध्यक्षमा होम रानामगर

पोखरा, ५ भदौ
नेपाल मगर संघ, जिल्ला समन्वय समिति, लमजुङको दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा होमबहादुर रानामगर चयन हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा डम्मरबहादुर आलेमगर, सचिवमा ज्ञानेन्द्र आलेमगर, सह–सचिवमा प्रजिता थापामगर र कोषाध्यक्षमा सुकमाया रानामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा नारायण आलेमगर, राम थापामगर, आशबहादुर रानामगर, विपना थापामगर, सूर्यबहादुर आलेमगर, कुलबहादुर रानामगर, दिलीप रानामगर, किशोर रानामगर, निशा थापामगर, योगबहादुर थापामगर र पदमबहादुर थापामगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगरले गर्नुभएको थियो । नेपाल मगर संघ, लमजुङकी निवर्तमान अध्यक्ष राममाया थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष कृष्णबहादुर रानामगर, गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगर, केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इञ्चार्ज पूर्णबहादुर रानामगरलगायतले मगर समुदायको समृद्धि र प्रगतिका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

Advertisment