ब्यूटिसियन तालिमका प्रशिक्षार्थी सडकमै मेहेन्दी लगाउँदै

पोखरा, ३ साउन
श्रावण अर्थात् साउन महिना सनातन संस्कृतिमा महत्वपूर्ण मानिन्छ । खासगरी, हिन्दू धर्मावलम्बीका लागि यो महिना अझ विशेष रहेको छ । आराध्यदेव शिवको महिनाका रुपमा लिइने यो महिनामा महिलाहरूले हरियो चुरा, मेहेन्दी लाउने गर्दछन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा मेहेन्दी र साउन महिनालाई विशेष महत्वका रुपमा लिइन्छ । पहिले पहिले परम्परागत रुपमा मेहेन्दी लगाउने गरिएपनि आधुनिक जमाना अनुसार आजभोली मेहेन्दी लगाउने चलन अझ बढ्दो छ । मेहेन्दी लगाएर आफ्नो हात रंगीन बनाउने र अरुलाई मेहेन्दी लगाएर पनि कमाउने माध्यम पनि बनेको छ ।
यही मेसोमा एक ब्यूटिसियन तालिमका प्रशिक्षार्थीहरूले पनि सडकमै मेहेन्दी लगाइदिएर आफ्नो सीप व्यवहारमार्फत् प्रस्तुत गरेका छन् । पोखराको शिवालयमार्गमा रहेको सोनी ब्यूटिपार्लर एवम ट्रेनिङ सेन्टरका प्रशिक्षार्थीहरूको समूहले असार ३१ गते र साउन १ गते सडकमै मेहेन्दी लगाइदिएका छन् । कुनै पनि काम गर्न लाज मान्नु हुँदैन भन्ने भनाइका लागि उनीहरू उदाहरण बनेका छन् ।


जिनियस मल्टी टेक्निकल इन्स्टिच्युटले पोखरामा निःशुल्क गरेको ब्यूटिसियन तालिममा सहभागी भएका ४० जना महिलाहरूले लखनचोक र लेकसाइडमा सडकमै बसेर ग्राहकहरूसँग पैसा लिएरै मेहेन्दी लगाइदिएको सोनी ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक एवं प्रशिक्षक सोनी तामाङले बताउनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीहरूले मेहेन्दी लगाइदिएर राम्रो कमाइ समेत गरे । ब्यूटिसियन भन्ने बित्तिकै लिपस्टिक र पाउडर लाउने मात्र नभइ हरेक कामको सम्मान हुनुपर्ने आफ्नो मान्यता रहेको प्रशिक्षक तामाङको भनाइ छ ।

Advertisment