पोखरामा मगर चलचित्र ‘पाहुर’को विशेष प्रदर्शन

पोखरा, १५ असार
गण्डकी प्रदेशको राजधानी पोखरामा मगर कथानक चलचित्र ‘पाहुर’को विशेष प्रदर्शन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ, कास्कीको आयोजना र मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको व्यवस्थापनमा सो चलचित्रको विशेष प्रदर्शन गरिएको हो ।
चलचित्र हेर्नका लागि मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगर, अभिनेता एवं रंगकर्मी राज काउचामगर, मगर समाज अष्ट्रेलियाका पूर्व सचिव सुरेन्द्र पुनमगर, नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर, चलचित्र निर्देशक एवं निर्माता सन्तोष पिठाकोटेमगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगर, नायिका एवं सञ्चारकर्मी कमला थापामगर (प्रिया), नेपाल मगर विद्यार्थी संघ, कास्कीका अध्यक्ष राजीव थापामगरको उपस्थिति रहेको थियो ।
चलचित्रका निर्माताद्वयमा श्याम थापामगर र रिमा थापामगर रहेका छन् । त्यस्तै, सुमन थापामगरको लेखन, सम्पादन र निर्देशन रहेको सो चलचित्रमा मिनुज रानामगर, सुमन बुढामगर, गिरीप्रसाद पुनमगर, श्याम रानामगर, निश्चल चर्तीमगर, सरिता थापामगरलगायतले अभिनय गरेका छन् । गणेश पूर्वछानेमगरको छायाड्ढन रहेको चलचित्रमा गीत तथा संगीत मानबहादुर बरालमगरको रहेको छ भने मिसन पेग्नीमगरको द्वन्द्व रहेको छ । चलचित्रमा भूपेन रिखाम मगर र सुवास बलालमगरको नृत्य निर्देशन रहेको छ ।
सो चलचित्र यसअघि, नवलपरासी, रुपन्देहीलगायतका विभिन्न ठाउँमा विशेष प्रदर्शन भइसकेको चलचित्रका निर्माता श्याम थापामगरले जानकारी दिनुभयो । चलचित्रमा ९८ प्रतिशत नेपाली भाषा र २ प्रतिशत मात्र मगर भाषा प्रयोग गरिएको छ ।

Advertisment