स्वास्थ्य श्रमिक संघ फेवा सिटी इकाईको रक्तदानमा ७६ युनिट रगत संकलन

पोखरा, १२ जेठ
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, फेवा सिटी हस्पिटल इकाई समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ७६ युनिट रगत संकलन भएको छ ।


“श्रमिक, रोजगारदाता र सरकार सबै पक्ष जुटौं, सामाजिक सुरक्षामा सूचीकरण हुन कोही पनि नछुटौं” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले संघले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रूद्र गौतम, कास्की जिल्ला अध्यक्ष नवीन अधिकारी, हस्पिटलका सञ्चालक प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, सञ्चालक सर्वजित अधिकारी, दिनेशबाबु खड्कालगायतले शुभभकामना दिनुभएको थियो ।
इकाईका अध्यक्ष सूर्य सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव चन्द्रावती श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संयोजन अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, गण्डकी प्रदेशका अध्यक्ष टंकराज पौडेलले गर्नुभएको थियो ।

Advertisment