पोखरामा हुने टुरिजम डिजिटलाइजेसन च्यालेञ्ज (टिडिसी) को सम्पूर्ण तयारी पूरा

पोखरा, १८ चैत्र
पर्यटन व्यवसायमा सकारात्मक तथा प्रगतिशील परिवर्तनको लागि आयोजित टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) को सम्पुर्ण तयारी पुरा भएको छ । ऊर्जा ल्याबको आयोजनामा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्य समेत लिएर कार्यक्रमको आयोजना गरिएको हो ।
चैत्र २१ देखि २३ गतेसम्म लेकसाइडस्थित होटल स्नोल्याण्डमा कार्यक्रम हुनेछ । कार्यक्रममा पर्यटन व्यवसायमा ऊर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधानबारे अन्तरक्रिया समेत हुने आयोजक उर्जा ल्याबका कार्यकारी निर्देशक विवेक सापकोटाले जानकारी दिनुभयो । ३ दिन सम्म चल्ने उक्त कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सम्यन्त्रहरुको बारेमा प्रतियोगिता हुनेछ । कार्यक्रमको अन्तिम दिन अर्थात चैत्र २३ मा पोखराको अहिलेसम्मैकै ठूलो उद्यम बजार, जहाँ पोखरा लगायत देशभरका आधुनिक तथा नयाँ उद्यमहरुको स्टल रहने आयोजकको जानकारी छ । कार्यक्रमले पर्यटन विकासमा थप योगदान दिने आयोजकहरुके विश्वास रहेको छ ।
कार्यक्रमलाई सफल पार्न नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हस्म वेयर्स, डब्लुपी नेपाल, लक्ष्मी बैंक, सिएफ मोटो, एनवाइइएफ पोखरा, सिओटिएस पश्चिमाञ्चल क्याम्पस, डाटसन, होटल बाराही, होटल हिमालयन भ्याकेसन, ब्याञ्जन पोखरा र हिमालयन जाभा पोखरा लगायतका संस्थाहरुले साथ दिएका छन् ।

Advertisment