नेपाल मगर विद्यार्थी संघ कास्की अध्यक्षमा राजीव थापामगर सर्वसम्मत

पोखरा, १६ चैत्र
नेपाल मगर विद्यार्थी संघको १८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पृथ्वीनारायण क्याम्पसका राजीव थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हिरा पुर्जामगर, सचिवमा देवी रोकामगर, सह–सचिवमा लक्ष्मी पुनमगर र कोषाध्यक्षमा अनिल पुनमगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा कृष्णा थापामगर, योगेन्द्र थापामगर, भैरव आलेमगर, माया पुनमगर, शिला सिउथानीमगर, सोनम थापामगर, दीपक पुलामीमगर, कृष्टि आलेमगर, युवक थापामगर, विमल रोकामगर, सुशील थापामगर, महेश घर्तीमगर, सुजी मगर, विग्नेश थापामगर, विपना बुढामगर र सनम पुनमगर रहनुभएको छ ।
संघका पूर्व प्रचार सचिव फरेन्द्र थापामगरको संयोजकत्वमा गठित पूर्व केन्द्रीय सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र गोविन्द पुनमगर तथा नेपाल मगर महिला संघ, कास्कीकी सचिव ईश्वरी थापामगर सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महासचिव प्रेम रोकामगरले मगर समुदायलाई शैक्षिक रुपले अघि बढाउन मगर विद्यार्थीको नेतृत्वदायी भूमिका हुने भनाइ राख्नुभयो । मगर जातिको हक, हित र अधिकारका लागि अझै पनि संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउँदै महासचिव रोकामगरले राज्यका हरेक निकायमा मगर जातिको पहुँच र प्रतिनिधित्वका लागि मगर विद्यार्थीहरू तयार रहनुपर्ने बताउनुभयो ।
सो अवसरमा संघका पूर्व प्रचार सचिव फरेन्द्र थापामगर, पूर्व केन्द्रीय सदस्य गोविन्द पुनमगर, नेपाल मगर महिला संघ, कास्कीकी सचिव ईश्वरी थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल मगर विद्यार्थी संघ, कास्कीका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बुढामगर र उपाध्यक्ष तुलसी पुर्जामगरले स्वागत गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष राजीव थापामगरले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै आफ्नो कार्यकालमा सक्दो संगठनलाई सुदृढ र जुझारु बनाउन प्रयत्न गर्ने भनाइ राख्नुभयो ।

Advertisment