लाफा ग्रुप दक्षिण कोरिया च्याप्टरको भेटघाट तथा अन्तरक्रिया सम्पन्न

सोल, २९ माघ
कोरियाली नयाँ वर्षको अवसर पारेर दक्षिण कोरियामा रहेका लाफा ग्रुप लिमिटेडका शेयर सदस्यहरुबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लाफा ग्रुपका दक्षिण कोरिया च्याप्टर संयोजक खड्ग थापामगरको अध्यक्षतामा गत कार्तिकको साधारणसभामा उपस्थित हुन असमर्थ रहेका कोरियाली नयाँ बर्षको अबसर पारेर उक्त साधारण सभामा प्रस्तुत प्रतिबेदन भाबी योजना बारे सदस्य टेक पुनमगरद्वारा पढेर सूनाइएको र आर्थिक प्रतिबेदन माथि छलफल गरिएको थियो भने ३८ जना सदस्यहरुको उपस्थिति रहेको साधारणसभाबाट शेयर सदस्यता प्रमाणपत्र नलिनु हुने सदस्यहरुलाई शेयर सदस्यता प्रमाण पत्र वितरण पनि गरिएको थियो ।


भर्खर नेपाल गएर आउनुभएका लाफा ग्रुपका सदस्य अप्त पुनमगर र सिपी मगरले कम्पनीको र लाफा भिलेज परियोजनाको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उपस्थिति सदस्यहरुले आ–आफ्नो धारणा राख्दै कम्पनीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, हामीहरुले बिदेशमा सिकेको शिप अनुभव को क्षेत्र मा लगानी गर्न आफूले परियोजनाको योजना अध्ययन गरेर कम्पनीमा पेश गर्ने, कम्पनीको ड्रिम प्रोजेक्टका रुपमा रहेको लाफा भिलेज निर्माणमा आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने, आगामी दिनमा यहाँका विभिन्न व्यवसायिक स्थानहरुको स्थलगत सामूहिक भ्रमण गर्ने र लाफा ग्रुप दक्षिण कोरियाका सदस्यहरुबीच निरन्तर भेटघाट छलफल जारी राख्ने प्रतिबद्धतासहित भेटघाट सम्पन्न भएको थियो ।

Advertisment