बागलुङ समाज हङकङको अध्यक्षमा थापा निर्वाचित

हङकङ, १५ माघ
बागलुङ समाज हङकङको अध्यक्षमा मानबहादुर थापा निर्वाचित हुनुभएको छ । समाजको सातौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अमृता राना, उपाध्यक्षमा राम केसी, सचिवमा शक्तमान बुढाथोकी, सह–सचिवमा नीता थापा, कोषाध्यक्षमा तेजेन्द्र श्रीस र सह–कोषाध्यक्षमा समिता श्रीस निर्वाचित हुनुभएको छ ।
समाजका निवर्तमान अध्यक्ष देवानसिंह पुनको अध्यक्षतामा भएको महाधिवेशनबाट सदस्यहरूमा खुमा राना, जसिन्ता राना, संगम केसी, कुलराज कँडेल (कृष्ण), राजु पुन, सुवास लामिछाने, दीपक कँडेल, आशा पुन, पद्मा पुन र मिलन श्रीस चयन हुनुभएको छ ।

Advertisment