ब्रेन ट्युमर भएका मगर संघका जिल्ला सदस्य काउछाको उपचारमा सहयोग गर्न अपिल

पोखरा, २६ पुस
ब्रेन ट्युमर भइ मणिपाल शिक्षण अस्पताल, पोखराको स्नायु सघन उपचार कक्षमा उपचाररत नेपाल मगर संघ, कास्कीका जिल्ला सदस्य नारायण काउछामगरको उपचारका लागि सहयोगको याचना गरिएको छ ।
गुल्मी जिल्ला घर भइ हाल ः कास्कीको पोखरा महानगरपालिका, लेखनाथ, बुढीबजारनिवासी काउछामगर केही समय अगाडि सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । सडक दुर्घटनामा परी गम्भीर घाइते भइ लामो समय उपचाररत रहनुभएका काउछामगर अहिले फेरि बायाँ मस्तिष्कमा मासु पलाएपछि मणिपाल शिक्षण अस्पतालको स्नायु सघन उपचार कक्ष (न्यूरो आईसीयू)मा उपचाररत हुनुहुन्छ ।
चिकित्सकले शल्यक्रिया गर्नुपर्ने भनेपनि परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले शल्यक्रिया हुन सकेको छैन । टाउकोको शल्यक्रियाका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने चिकित्सकले बताएको उहाँकी श्रीमतीले जानकारी दिनुभएको छ । काउछामगरलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले उहाँको आफ्नै मोबाइल नम्बर ९८४६३३६७०६ र ९८४६७१८५३२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Advertisment