सामाजिक सुरक्षा योजनाको मजदुरहरूद्वारा स्वागत

पोखरा, १२ मंसिर
मंगलबार सरकारले शुभारम्भ भएको घोषणा गरेको सामाजिक सुरक्षा योजनाको मजदुरहरूले स्वागत गरेका छन् । सो सरकारी योजनाको स्वागत गर्दै उनीहरूले पोखरामा दीप प्रज्ज्वलन गरी उत्सव समेत मनाएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाले मजदुरहरूको भविष्य सुनिश्चित हुने धारणा व्यक्त गरेका थिए । उनीहरूले सरकारलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतम, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), गण्डकी प्रदेशका अध्यक्ष रुद्र खत्री र अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश सचिव भोजराज खत्रीले बोल्नुभएको थियो ।

Advertisment