सिक्किममा चलचित्र निर्देशक लाफा सम्मानित

गान्तोक, २७ कात्तिक
अखिल मगर संघ सिक्किमको स्थापना भएको २५ औँ बर्ष, रजत जयन्तीको अवसरमा सिक्किम सरकार सुचना तथा जनसम्पर्क सहायक निर्देशक विष्णु राना मगर र अखिल मगर संघ सिक्किम महासचिव बिमल थापा मगरको पहलमा मगर भाषा, संस्कृती संरक्षण समिति गान्तोक सिक्किमको आयोजनामा सिक्किमको गान्तोकमा पहिलो पटक सन्जोग लाफा मगर निर्देशित मगर चलचित्र “आसे” र वृत्तचित्र “जीवित तर मृत्यु” प्रदर्शन गरियो । चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा लाफा मगरलाई सिक्किम मगर संघका उपाध्यक्ष, केबी घले मगरले सम्मान गर्नुभएको थियो ।


मुग्लान गएका प्रेमीको अन्तहीन प्रतिक्षा “आसे” चलचित्र र चार दशक बेपत्ता भएका मगर आदिकविको खोजी “जीवित तर मृत्यु” वृत्तचित्र हेरेपछि दर्शक भावविह्वल बनेका थिए िसिक्किमको बिभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिनेछ । कार्यक्रममा भारतीय राष्ट्रिय मगर संघका महासचिव, अखिल मगर संघ सिक्किमका कोषाध्यक्ष अबिमाया थापा मगर, पूर्व बिधायक मनिता मगरलगायत विशिष्ट मगरहरुको उपस्थिति रहेको थियो ।

Advertisment