स्वदेशी फूल उत्पादनलाई प्रोत्साहन गर्दै महिला उद्यमी

पोखरा, २० कात्तिक
यतिबेला नेपालीहरूको घर आँगनमा दोस्रो ठूलो महान् चाड तिहार भित्रिएको छ । तिहारलाई झिलीमिली बत्तीको पर्व मात्र नभएर फूलहरूको पर्व पनि भन्ने गरिन्छ । भाइटीकामा दिदीबहिनीले बुनेका फूलमाला दाजुभाइको गलामा पहिरिने गरिन्छ ।


लाखौं नेपाली दाजुभाइले पहिरिने फूलमाला भने अधिकांश भारतबाटै आयात गरिने गरिएको तथ्याड्ढ छ । तर, पछिल्लो समय स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न अभियानहरू चालिएका छन् । नेपालीहरू आफैं पुष्प व्यवसायमा लागेर मनग्ये कमाउन थालेका छन् ।
अहिले भने महिला उद्यमी संघ नेपाल, कास्कीले पनि महिला उद्यमीहरूलाई पुष्प खेतीतर्फ आकर्षण गर्न लागिपरेको छ । संघमा आबद्ध दिदीबहिनीहरूले यो वर्षदेखि कुनै तालिम नलिइकनै पनि पुष्प खेती सुरु गरेका छन् । भारतीय आयातलाई रोक्न र स्वदेशी फूल नै आफ्ना दाजुभाइको गलामा पहि¥याउन पाउने वातावरण बनाउन आफूहरू पुष्प खेतीतर्फ आकर्षित भएको अध्यक्ष काशी गुरुङको भनाइ छ ।


आफ्ना माइती दाजुभाइको गलामा आफ्नै उत्पादनबाट तयार पारिएको माला सजाउन र विदेशी पर्यटकलाई स्वदेशी फूलबाट नै स्वागत गर्ने उद्देश्यबाट प्रेरित भएर महिला उद्यमी संघ, नेपाल, कास्की पुष्प खेतीमा लागेको अध्यक्ष गुरुङ बताउनुहुन्छ । पुष्प खेती गरेको पहिलो वर्षमै माग उच्च भएपछि पोखरा महानगरपालिका–३०, स्थित चक्रभूमि बहुमुखी सहकारीद्वारा उत्पादित फूल बेचिरहेको र आफूहरूले काठमाडौं र सिन्धुलीसम्म पनि फूल पु¥याइरहेको उपाध्यक्ष पार्वती पौडेल रेग्मीले जानकारी दिनुभयो ।
महिला उद्यमी संघमार्फत् फूल उत्पादन र खेतीका लागि किरण गुरुङ र एलिना बरालले संरक्षकत्वको भूमिका निभाइरहनुभएको छ । नेपालमै उत्पादित फूलको बजारीकरणका लागि होम डेलीभरी गर्नुका साथै, काठमाडौं, सिन्धुलीसहित पोखरा बाहिर पठाउने प्रबन्धसहित माला बनाउने काममा मेलिना गुरुङ र गुनी थापामगरले व्यवस्थापन गरिरहनुभएको छ । अहिले ३०० देखि ५०० सम्म मालाका अर्डर आउने गरेको संघकी सचिव किरण गौतमले जानकारी दिनुभयो । संघमार्फत् जिल्ला बाहिर माग अनुसार फूल पठाउने र फूल माला उन्ने काममा समेत लागिपरेको कोषाध्यक्ष सरु बरालको भनाइ छ ।


पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले महिला उद्यमी संघ नेपाल, कास्कीले उत्पादनशील क्षेत्रलाई रोजेकोमा खुशी व्यक्त गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै महिलाहरू स्वरोजगार बन्नका लागि पुष्प खेती पनि एउटा उपयुक्त विकल्प भएको बताउनुभयो । महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि पोखरा उद्योग वाणिज्य संघले सहयोग गर्न सदैव तयार रहेको उहाँले बताउनुभयो ।

Advertisment