नीलिमा थापामगरलाई नेपाल आइडल बनाउन पोखरामा सहयोग समिति गठन

पोखरा, १९ कात्तिक
एपीवान एचडी टेलिभिजनको चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा गतवर्ष जस्तै यसपाली पनि पोखराका दुई प्रतिस्पर्धी विक्रम बराल र नीलिमा थापामगर उत्कृष्ट ८ मा पर्न सफल भएका छन् ।
निर्णायक र भोटिङको निर्णयको आधारमा नेपाल आइडल बनाइनेछ । जसमा पोखराका दुई प्रतिस्पर्धीहरू अब्बल रुपमा आफ्नो प्रस्तुती देखाइरहेका छन् । नेपाल आइडलको उत्कृष्ट ८ मा पुगेका यी दुई प्रतिस्पर्धीहरूको सहयोगका निम्ति छुट्टाछुट्टै समिति गठन गरिएको छ ।
विक्रम बराललाई सहयोग गर्न दुई समिति गठन भएका छन् । त्रिबेणी संगीतालय न्यूरोड, पोखराका प्रबन्ध निर्देशक नवराज बरालको संयोजकत्वमा एक समिति र सुनचाँदी व्यावसायी संघ कास्की र स्वर्णकारी कल्याण समितिको संयुक्त बैठकमा एक सहयोग समिति । यसैगरी, नीलिमा थापामगरलाई पनि जिताउन पोखरामा जोजिजू म्युजिक स्कुलका प्रबन्ध निर्देशक विनित जोजिजूको संयोजकत्वमा सहयोग समिति गठन गरिएको छ ।


सोमबार पोखरामा पत्रकार सम्मेलन गरि सहयोग समितिको घोषणा गरियो । दोस्रो संस्करणको “नेपाल आइडल नीलिमा थापामगर बनाऊँ अभियान सहयोग समिति”मा सहदेव जोजिजू (विनित) संयोजक रहनुभएको छ ।
यस्तै, सहसंयोजकमा रुद्रबहादुर श्रीस, महासचिवमा पे्रम थापामगर, सचिवमा सुरज थापामगर, कोषाध्यक्षमा मौसम थापामगर, सह—कोषाध्यक्षमा सानु जोजिजू, सदस्यहरुमा शिव थापामगर, बलदीप पुनमगर, तारा थापामगर, इसारा थापामगर, भाइराज रानामगर, बेनु गुरुङ, रेनुका गुरुङ, उषा गुरुङ, विराज राउत, राजन नेपाली, इशानी ढानकुटी, महेन्द्र कुँवर, लक्ष्य रानामगर, रुपा थापा, सतिस केसी, राजु गुरुङ, हरिशचन्द्र बास्तोला, महेन्द्र कुँवर, अशोक आले, दिनेश रोका, कुमार थापा, लालबहादुर राना, गोविन्द थापा, नानु रेग्मी, शान्ति डंगोल, रामबहादुर रजक, देवकी पोखरेल, निर्मल जोजिजू र एमबी आस्था मगर रहनुभएको छ ।
समितिको सल्लाहकारहरुमा भने पदमराज ढकाल, सुनिल थापा, मनकुमार श्रेष्ठ, करण तामाङ, पूर्णबहादुर रानामगर, सन्तोष पिठाकोटेमगर, दीपेन्द्र श्रेष्ठ, तीर्थराज पोखरेल, सुष्मा पौडेल, खिमा गुरुङ, रामभक्त जोजिजू, श्रीमान थुलुङ, विश्वराज बास्तोला, श्यामसुङ्ग तामाङ, शेरबहादुर गुरुङ, बुद्धराज बज्राचार्य, ताराबहादुर गुरुङ, खिमकुमारी गुरुङ, श्यामलाल श्रेष्ठ, शान्ति उदास, बुद्धराज बज्राचार्य, मोहनप्रसाद बाँस्तोला, अञ्जना कार्की, डोलराज पाण्डेलगायत रहनुभएको छ । समितिले नीलिमालाई जिताउन आवश्यक प्रचारप्रसार गरि भोटिङका लागि अपिल गर्ने छ ।
को हुन् नीलिमा ?
२०५४ साल असार २९ गते भारतको सिलोङमा जन्मिएकी निलिमाको स्थायी घर भने बागलुङ नगरपालिका–१०, भकुण्डेमा हो । उनी हाल पोखरा महानगरपालिका वडा नं ११, फूलबारीमा परिवारसँगै बस्दै आएकी छिन् । परिवारमा आमा र दुई भाइ छन् । जानकारी पाएअनुसार भारतमा कामको शिलशिलामा गएका उनका बुबा लापत्ता छन् । उनको कुनै खबर नआएको पारिवारिक स्रोतले बतायो ।


नीलिमाले भारतको सिलोङमा कक्षा ३ सम्मको अध्ययन गरिन् भने पोखरा आएर पोखरा एकेडेमीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । कालिका उच्च माविबाट कक्षा १२ उत्तीर्ण गरेकी नीलिमाले पोखरा, रानीपौवास्थित जोजिजू म्युजिक स्कुलबाट सांगीतिक प्रशिक्षण लिएकी हुन् । नीलिमा यसअघि पश्चिमाञ्चल गायन तारा—२०७४ मा बिजेता भइसकेकी छिन् । पोखराको विग एफएमले आयोजना गरेको बिग आइकनको सातौं संस्करणमा उत्कृष्ट ५ सम्म पर्न सफल भएकी नीलिमाले नेपाल आइडल दोस्रो संस्करणको अडिसन पोखराबाटै दिएकी हुन् । उनी जारी आइडलको एकमात्र गोल्डेन माइक बिजेता महिला प्रतिस्पर्धी हुन् ।


नीलिमालाई कसरी भोटिङ गर्ने ?
नीलिमालाई भोट गर्नका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गई उनको भोटिङ कोड 07 Type गरी 31009 मा पठाउन सकिन्छ । भोट विहीबार राती ८ः३० बजे देखि शुक्रबार मध्याह्न १२ बजेसम्म मात्र गर्न सकिने छ । अनलाइन भोटिङका लागि Respect & Rise एप्स डाउनलोड गरी पनि भोट गर्न सकिने व्यवस्था छ ।
पहिलो महिला नेपाल आइडल बनाउन र नेपाल आइडलको दोस्रो संस्करणको उपाधि फेरि पोखरा ल्याउन समितिले प्रेस विज्ञप्तिमार्फत सबैलाई भोटिङ गर्न आग्रह गरिएको छ । नीलिमालाई सहयोग गर्न चाहनुहुने शुभेच्छुकले सहयोग समितिका संयोजक सहदेव जोजिजू (विनित) र कोषाध्यक्ष मनबहादुर थापा (मौसम)को नाममा प्रभु बैंकमा रहेको खाता नं. ०६८०१००११३२१६५०००००१ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

Advertisment