कालाबाङ तगुह्रों घोथाने भाइखलकको शुभकामना आदानप्रदान एवं सम्मान

पोखरा, २८ असोज
पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीस्थित कालाबाङ तगुह्रों घोथाने भाइखलकको आयोजनामा बडा दशैं, तिहार, नेपाल सम्वत ११३९ तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा वैदेशिक रोजगारीबाट बिदामा घर आएका जोगमान गुरुङ, प्रदीप गुरुङ, सुजित गुरुङ र रोहित गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा सुनिता गुरुङ, योमाया गुरुङ, होमबहादुर गुरुङ, लौप्रसाद गुरुङ, मनकुमारी गुरुङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भाइखलकका अध्यक्ष ओमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सु. लोकप्रसाद गुरुङले गर्नुभएको थियो ।

Advertisment