स्थानीय तहमा अनपेक्षित भ्रष्टाचार छ ः अख्तियार प्रमुख घिमिरे

पोखरा, २५ असोज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अख्तियारको सक्षमता, पारदर्शीता र निष्पक्षताको कुनै विकल्प नभएको बताउनुभएको छ ।
सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीद्वारा पोखरामा बिहीबार (आज) आयोजित “भ्रष्टाचार नियन्त्रणमा अख्तियार र नागरिक समाजको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भ्रष्ट्राचारीले कुनै हालतमा उन्मुक्ति नपाउने ठोकुवा गर्नुभयो । स्थानीय तहमा अस्वाभाविक र अनपेक्षित रुपमा भ्रष्ट्राचार मौलाएको भन्दै उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
भ्रष्ट्राचारले विकासलाई अवरुद्ध गर्ने बताएका उहाँले यसका सम्बन्धमा चनाखो बन्न सचेत गराउनुभएको छ । कुनै पनि आग्रह, पूर्वाग्रह नराखी आयोगले अनुसन्धान गर्ने बताउँदै प्रमुख आयुक्त घिमिरेले आयोगलाई सरकारको पूर्ण सहयोग रहेको दाबी गर्नुभयो । एकीकृत र समन्वयात्मक रुपमा भ्रष्टाचारविरुद्ध निर्मम प्रहार गर्नुपर्ने आवश्यकता औंल्याउँदै घिमिरेले आयोगको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

Advertisment