बाजुङ बृहत तीज मेला दोस्रो दिन पनि जारी

बाजुङ (पर्वत), २७ भदौ
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, सानोपाखामा मंगलबारदेखि सुरु भएको बाजुङ बृहत तीज मेला दोस्रो दिन पनि जारी रह्यो ।
नवप्रगतिशील युवा क्लब, छापाको आयोजनामा सुरु भएको मेलामा साबिकको वडास्तरीय भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, नृत्य प्रतियोगिता, सटपुट प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, भाले छुने प्रतियोगितालगायत प्रमुख आकर्षणका रुपमा रहेका छन् । त्यस्तै, राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुतीलगायत अन्य सांस्कृतिक कार्यक्रम समेत मेलाका आकर्षणको रुपमा रहेको क्लबका अध्यक्ष सनम गुरुङले जानकारी दिनुभयो ।
बिहीबारसम्म सञ्चालन हुने मेलाको मुख्य प्रायोजकका रुपमा मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ “मिलन” रहनुभएको छ ।

Advertisment