जनप्रतिनिधिद्वारा समुदायलाई एम्बुलेन्स हस्तान्तरण

गोरखा, २३ साउन
गोरखाको बारपाक–सुलिकोट गाउँपालिका–४, सौरपानीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी  खरिद गरेको एम्बुलेन्स जनप्रतिनिधिहरुमार्फत् समुदायलाई हस्तान्तरण गरिएको छ । उक्त एम्बुलेन्स एक कार्यक्रमबीच मंगलबार वार्ड कार्यालयमा स्थानीय स्वास्थ्य चौकीको प्रमुखलाई जनप्रतिनिधिहरू प्रदेश सांसद प्रकाशचन्द्र दवाडी र गाउँपालिका अध्यक्ष बिष्णु भट्टले संयुक्त रुपमा एम्बुलेन्सको चापी हस्तान्तरण गरिएको छ ।
सामजिक सञ्जाल  फेसबुकमार्फत संकलित १८ लाख र गाउँपालिकाबाट प्राप्त अनुदान ५ लाख  संकलन भएपछि समितिले एम्बुलेन्स खरिद गरेको हो । नेपाल सरकारबाट कर छुट भई आएको सो एम्बुलेन्स संकलित रकम मध्ये १२ लाख खर्च भएको अभियनका एक सदस्य दीपक ढकालले जानकारी दिनुभएको छ ।  बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने ढकालले बताउनुभयो । “सदरमुकामबाट ४२ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो । उक्त समस्या समाधान गर्न हामी स्थानीयबासी नै सक्रिय भयौ, फलस्वरुप यो सम्भव भयो,“ स्थानीय नेकपाका नेता मोहन ढकालले बताउनुभयो । सौरपानीमा एक कार्यक्रमका बिच एम्बुलेन्स सेवा औपचारिक रूपमा संचालन गरेको गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो । “बारपाक–सुलिकोट गाउँपालिकाको ५ लाख र सामाजिक सञ्जालको अभियानबाट संकलन भएको १८ लाख भएपछि सो उनीहरूले एम्बुलेन्स् किनेका हुन्  ।“ अध्यक्ष भट्टले भन्नुभयो, स्थानीय इश्वर पनेरु संयोजक रहेको समितिले अर्थ संकलन गरेर एम्बुलेन्स खरिद गरेका थिए । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सांसद् दवाडी, गाउँपालिकाका अध्यक्ष भट्ट, वार्ड अध्यक्ष भिम गुरुङ, कार्यपालिका सदस्य जानुका पनेरू, वार्ड सदस्यहरू सुनिम गुरुङ, सुकमाया नेपाली, प्रेम नेपाली, संयोजक पनेरू, वीरबहादुर गुरुङ, लक्ष्मण न्यौपाने, मोहन ढकाल लगायतको सहभागिता रहेका थिए ।

 

Advertisment