नेपाल मगर सांस्कृतिक संघ कास्कीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पोखरा, १९ साउन


नेपाल मगर सांस्कृतिक संघ कास्कीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारणसभामा बोल्दै संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका इञ्चार्ज पदम थापामगरले मगर कलाकारहरूलाई एकताबद्ध गराउने उद्देश्यले संस्थाको स्थापना गरिएको बताउनुभयो । मगर कलाकारहरूले आफ्नो जातीय भेषभूषा, संस्कृतिलाई जोगाउन ध्यान दिनुपर्ने बताउँदै थापामगरले कला, संस्कृतिको प्रवद्र्धनमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
‘हामी कला, संस्कृतिले धनी जाति हौं’, थापामगरले भन्नुभयो, ‘हाम्रो कला अनि संस्कृतिले नै नेपाली संस्कृतिका रुपमा विश्वमा चिनारी पाएको छ ।’ संघलाई संघीय संरचनामा लैजान लागेको जानकारी गराउँदै उहाँले मगर कलाकारहरूको हक, हितसँगै मगर समुदायको भाषा, कला र संस्कृतिको उत्थानमा संघ सधैं क्रियाशील रहने उल्लेख गर्नुभयो ।
लोक तथा दोहोरी गायक कुमार पुनमगरले कला, संस्कृतिको उजागर अनि प्रवद्र्धन गर्न यस्ता संघसंस्थाले टेवा पु¥याउने उल्लेख गर्दै मगर कलाकारहरू आफ्नो संस्कृतिको उत्थानका लागि जुट्नु अति जरुरी रहेको बताउनुभयो । ‘हामी मगर जाति कला, संस्कृतिमा धनी छौं’, गायक पुनमगरले भन्नुभयो, ‘भएको कला, संस्कृतिलाई प्रचारप्रसार गर्दै प्रवद्र्धन गर्ने र जोगाउने हामी सबै कलाकारहरूको दायित्व हो ।’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी अञ्चल कार्यसमितिका अध्यक्ष शंकर विरही गुरुङले मगर, गुरुङलगायतका आदिवासी जनजातिहरू जन्मजातै कलाकार हुने समुदाय रहेको भन्दै नेपाली लोक कला र संस्कृति धनी बनाउन यी समुदायको महŒवपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । ‘मगर, गुरुङलगायतका आदिवासी जनजाति समुदाय जन्मजातै कलाकार हुने समुदाय हो’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘संगठनमार्फत् नेतृत्व विकास गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।’
त्यस्तै, प्रतिष्ठान, गण्डकी अञ्चल कार्यसमितिका महासचिव सुरेन्द्र गुरुङले कलाकारहरू संगठित हुनु आजको आवश्यकता रहेको भन्दै लोपोन्मुख लोकसंस्कृति बचाउन यस्ता संघसंस्थाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष एवं म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, पश्चिम म्याग्दी समाज, पोखराका उपाध्यक्ष चित्रबहादुर रोकामगर र लोक तथा दोहोरी गायक एवं मोडल घनश्याम पुनमगरले गीत, संगीतमा लागेर मौलिक कला, संस्कृतिको संरक्षणसँगै व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा संघको प्रगतिको कामना गर्दै पश्चिम म्याग्दी समाज, पोखराका उपाध्यक्ष चित्र रोकामगरले १० हजार, व्यवसायी अशोक थापामगरले ५ हजार र गायक तथा सञ्चारकर्मी छवि घर्तीमगरले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी उपाध्यक्ष सरिता सारूमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र कार्यसमिति सदस्य वसन्ती थापामगरले स्वागत गर्नुभएको थियो । साधारणसभाले सचिव सुरज थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमा रानामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

Advertisment