नेपाल मगर पर्यटन समाजका प्रथम उपाध्यक्ष थापा भिटोफको अध्यक्षमा उठ्दै

पोखरा, ८ साउन
नेपालको ग्रामीण पर्यटनका अगुवा युवा व्यवसायी राजकुमार थापाले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपालमा नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी दिनुभएको छ ।
ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल र बल्थली इको हिल रिर्सोटका सञ्चालक समेत रहेका थापा पर्यटनका अगुवा व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । दुई कार्यकाल गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)मा सक्रिय भूमिका निर्वाह गरेका थापा भिटोफका पूर्वमहासचिव समेत हुनुहुन्छ ।
भिटोफलाई पर्यटनको समुन्नत संस्था बनाउने पहिलो प्राथमिकता लिएका थापाले आगामी कार्यकालका लागि संस्था र गाउँ पर्टनलाई दिगो पर्यटनका रूपमा विकास गर्न आफूले उम्मेद्वारी दिएको बताउनुभयो ।
नेपालका हरेक गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गर्ने र अहिलेको संघीय स्वरुप अनुसार भिटोफलाई सबै प्रदेशमा विस्तार गर्ने भन्दै उहाँले भिटोफले हरेक वर्ष गन्तव्य घोषणा गरेका गाउँहरुको संरक्षण गर्न र नयाँ गाउँहरुको पहिचान गर्न आवश्यक पहल चाल्ने उहाँले बताउनुभयो ।
‘नेपालका हरेक गाउँहरु पर्यटकीय दृष्टिले घुम्न लायक छन् र ती सबै ठाउँसम्म पर्यटक र्पुयाउन पहल गर्नु म र मेरो संस्थाको मुख्य कार्यभार हुने थापाले दाबी गर्नुभयो ।
सकेसम्म अरूलाई पनि मिलाएर लैजाने भन्दै थापाले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताउनुभयो । यदि त्यो सम्भव भएन भने स्वभाविक रुपमा निर्वाचन जाने थापाले बताउनुभयो ।
भिटोफ अध्यक्षमा थापाको उम्मेद्वारी किन ?


भिटोफ नेपालललाई राष्ट्रिय रूपमा एउटा शसक्त संस्था स्थापित गराउन आवश्यक पहल चाल्ने। यसका लागि आफूले विभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरू ल्याएर पर्यटन मन्त्रालय, पर्यटन बोर्ड बोर्ड र सरोकारवाला संस्थासँग हातेमालो गरी अगाडि बढाउने।
भिटोफ नेपाललाई डिजिटल रूपमा लैजाने। गाउँ पर्यटन र गाउँ घुम्न चाहने व्यक्तिका लागि अहिले कुनै पनि इन्फरमेसन नभइरहेको अवस्थामा एउटा इन्फर्मेसन बैंक बनाउने मेरो प्रमुख पहिलो लक्ष्य हो। जसका लागि कोही पनि व्यक्तिले आफू जान चाहेको होम स्टे र गाउँका बारेमा जानेर अगाडि बढ्न सकोस्। यसका लागि हरेक गाउँको सबै इन्फर्मर्सन वेवसाइटमा राखेर सबै जानकारी गराउने।
विभिन्न आन्तरिक तथा बाÞय पर्यटकलाई गाउँ पर्यटनको नयाँ प्रोडक्ट पु¥याउन आवश्यक बजार प्रवर्धन गर्ने।
भिटोफ नेपाल गैर नाफामूलक संस्था भएकाले आर्थिक उपार्जनका केही कार्यक्रम ल्याएर आर्थिक रूपमा सबल बनाउने।
मुलुक संघीयतामा गएसँगै भिटिफले सातै प्रदेशमा संघीय शाखा खोलेर ती शाखाहरूको प्रवर्धन गर्ने। हरेक शाखाहरुमा फ्यान ट्रिप तथा आवश्यक तालिमको व्यवस्था गरेर अगाडि बढ्ने।
यसै वर्षभित्र नेपाल पर्यटन बोर्ड र सरोकारवाला संघसंस्थासँग सहकार्य गरी होमस्टे राष्ट्रिय मार्ट गराउने।
बजारमा देखिएका गुट उपगुट, यो पार्टी त्यो पार्टी भन्दा पनि भिटोफ एउटा गैर राजनीतिक पार्टी भएकोले यसबाट सबै पर्यटन व्यवसायी र गाउँलेले प्रत्यक्ष फाइदा लिन सक्ने गरी गैर राजनीतिक संस्थाको रूपमा विकास गर्ने।
भिटोफमा रहेको आर्थिक पारदर्शितालाई स्पष्ट पार्ने।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले आगामी साउन १५ गते संस्थाको साधारण सभाबाट नयाँ नेतृत्व छान्नेछ। मञ्चको आगामी नेतृत्वका लागि १ महिला सहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरिसकेका छन्।
पूर्वमहासचिव राजकुमार थापासहित पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितीय उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्पा पाण्डेले अध्यक्षमा दाबी प्रस्तुत गर्नुभएको छ ।
यस्तै संस्थाका वर्तमान कार्यसमिति सह–कोषाध्यक्ष कृष्ण बहादुर सुवेदी, पूर्व कार्यवाहक कोषाध्यक्ष दीपक खनाल, पूर्व सदस्य आशुतोस प्रधान र कार्यसमिति सदस्य केपी सुवेदीले महासचिवमा दावी प्रस्तुत गर्नुभएको छ ।
मञ्चका वर्तमान कार्यसमिति सदस्य राजकुमार धमला कोषाध्यक्षको दावेदार हुनुहुन्छ ।

Advertisment