कास्की आवाजका सम्पादक गुरुङलाई गंगा–ज्योति पुरस्कार

काठमाडौं, १ साउन
परमपूज्य माताजी एवम पिताजीको स्मृतिमा अद्वैत संस्थाका प्रधान कुलपति सहचारी श्री अनन्तलाल सरस्वतीद्वारा वि.सं. २०७३ मा स्थापित ‘गंगा–ज्योति स्मृति पुरस्कार–२०७५’बाट कास्कीको पोखराबाट प्रकाशित हुने कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुमबहादुर गुरुङ सम्मानित हुनुभएको छ ।


मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्पादक गुरुङसहित काठमाडांैबाट प्रसारण हुने रेडियो कान्तिपुरका पण्डित अच्युत सुवेदी र चितवन भरतपुरको नमस्ते टेलिभिजन जनही २० हजार नगद, सम्मान पत्र, फेटा, मालासहित सम्मानित भएका हुन् ।
अद्वैत संस्थाद्वारा सञ्चालित यस वर्षको बृहत सत्संग समारोहलगायत आवाज विहीनहरूको आवाज समाचार नियमित रुपमा प्रकाशन गर्दै प्रचारप्रसारमार्फत विशेष योगदान पु¥याएको भन्दै अद्वैत संस्थाकी गुरुआमा अर्पणा चक्रवर्तीले सम्मान गर्नुभएको हो ।
पूज्य गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११२ औं जन्मजयन्ती एवं राष्ट्रव्यापी दस मासिय बृहत सत्संग समारोह समापनको उपलक्ष्यमा आयोजित महासत्संग समारोह ज्ञानमहायज्ञ समापनमा सम्मान र प्रवचन गरिएको थियो । कार्यक्रममा कुलपति गुरुदेव प्रताप चक्रवर्ती, गुरुआमा अर्पणा चक्रवर्तीलगायतले प्रवचन दिनुभएको थियो ।

Advertisment