एमबी थापामगरलाई हङकङमा सरकारी सम्मान

हङकङ, १६ जुलाई
जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ सरकारबाट सम्मानित हुनेहरूको सूचीमा एक जना नेपाली पनि परेका छन् ।
आदिवासी जनजाति महासंघ हङकङका निवर्तमान अध्यक्ष एमबी थापामगरलाई ‘चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित हुन लाग्नुभएको हो । थापामगर मगर संघ हङकङका पूर्व अध्यक्ष, मगर बौद्ध सेवा समाज हङकङका अध्यक्ष समेत हुनुहुन्छ ।
हङकङ स्थापना दिवसको दिन घोषणा गरी जनवादी गणतन्त्र चीनको राष्ट्रिय दिवसको दिन प्रदान गरिने सम्मान लिस्टमा थापामगरको नाम प्रकाशित गरिएको छ । थापामगर मेम्बर अफ वर्किङ ग्रुप अन इथ्निक अफेयर्स अफ याउचिममोङ डिस्ट्रिक काउन्सिलका सदस्य समेत रहनुभएको छ ।
गृह मामिला विभागको विभिन्न समितिमा बसेर कार्य गरिरहेका थापामगर यसअघि विभिन्न निकायहरूबाट सम्मानित भइसक्नुभएको छ । सामुदायिक तथा क्षेत्रीय संघसंस्थाको नेतृत्व गरिसकेका थापामगरले हङकङ सरकारको सम्मानबाट सामाजिक कामका लागि ऊर्जा मिलेको बताउनुभएको छ ।
पुख्र्यौली स्याङ्जा भइ बुटवलका ४९ वर्षीय थापामगर २० वर्ष अघि यहाँ आउनुभएको हो । विभिन्न संघसंस्थामा सक्रिय उहाँ सबैभन्दा ठूलो पार्टी डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डीएबी)का सदस्य हुनुहुन्छ । अहिलेसम्म उक्त सम्मानबाट सम्मानित हुने १२ जना नेपालीमा ८ जना डीएबीका सदस्यहरू रहेका छन् ।

Advertisment