भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङको अध्यक्षमा गुरुङ

लाफा खबर डेस्क
हङकङ, १८ जेठ
भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङको चौथो अधिवेशनबाट अध्यक्षमा मनप्रसाद गुरुङ निर्वा्चित हुनुभएको छ ।
एकीकृत नेपाली समाजको सभाहलमा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कालजित गुरुङ, उपाध्यक्षमा दुर्योधन लिम्बू, सचिवमा चन्द्रबहादुर पुन, सह–सचिवमा केशव तुम्बाहाम्फे, कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ र सह–कोषाध्यक्षमा खगेन्द्रहाङ राई चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा दिलबहादुर पुर्जा, भक्तबहादुर गुरुङ, भीमराज थापा, जुनराज आले, टेकबहादुर थापा, खम्बासिंह गुरुङ, प्रितम गुरुङ, देवेन्द्र राना, गौतम राई, अर्जुन सारू, कुशबहादुर थापा र विष्णु बाछेमगर रहनुभएको छ । बाँकी तीन जना नवनिर्वा्चित कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने बताइएको छ ।
संघ सल्लाहकार एवं एक्स गोर्खा रेष्टुरेण्ट एण्ड बारका अध्यक्ष यामबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको अधिवेशनको उद्घाटनसत्रमा विशेष अतिथि तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईलगायत अन्य अतिथिहरूले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका निवर्तमान अध्यक्ष जजिन चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दुर्योधन लिम्बूले गर्नुभएको थियो । अधिवेशनको बन्दसत्रको अध्यक्षमण्डलका अध्यक्ष किरण गुरुङ, सदस्यहरू यामबहादुर बुढाथोकी र पूर्णबहादुर थापाले सञ्चालन गर्नुभएको थियो । बन्दसत्रले संघका सचिव दुर्योधन लिम्बूद्वारा प्रस्तुत कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद गुरुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन साथै, विधान संशोधन समितिका संयोजक चन्द्रबहादुर पुनद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव समेत सर्वसम्मतिले पारित समेत गरेको छ ।
हङकङलाई कर्मथलो बनाइ बसोबास गरेका भारतीय गोर्खा भूपू सैनिकहरूलाई संगठित गरी एक आपसमा सहयोग आदानप्रदानका लागि गठित संघले विभिन्न सामाजिक कार्यमा समेत क्रियाशीलता देखाउँदै आएको छ ।
संघको स्थापना भएपश्चात विभिन्न सामाजिक तथा कल्याणकारी कार्य एवं राहत वितरणमा संलग्न समेत हुँदै आएको छ । जस अन्तर्गत हालसम्म सन् २०१२ मा संघका सदस्य हिराबहादुर रानाको छोरीको मृगौला पिडित छोरीको उपचारका लागि हङकङ डलर ३९ हजार ७ सय ७१, कुलबहादुर थापाको श्रीमतीको निधन हुँदा हङकङ डलर २० हजार, सह–सचिव चन्द्रबहादुर पुनको छोराको निधन हुँदा हङकङ डलर ११ हजार १ सय ७०, सन् २०१४ मा संघका सदस्य देवेन्द्र रानाको श्रीमती निधन हुँदा हङकङ डलर २० हजार, केशरराज थापाको श्रीमतीको निधन हुँदा हङकङ डलर २० हजार, खर्कबहादुर गुरुङको श्रीमतीको निधन हुँदा हङकङ डलर २० हजार, सल्लाहकार खड्कबहादुर लिम्बूको श्रीमतीको निधन हुँदा हङकङ डलर २० हजार, साथै, घरमा आगलागी हुँदा हङकङ डलर १५००, सहयोग गरियो, मोहनबहादुर रानालाई ब्लड क्यान्सर हुँदा उपचारका लागि हङकङ डलर ७ हजार १ सय ४० , सन् २०१६ मा टीका लिम्बूकी श्रीमतीको स्तन क्यान्सर हुँदा उपचारका लागि हङकङ डलर १३ हजार २ सय ११, सोमराज गर्बुजाको मृगौलापीडित श्रीमतीको उपचारका लागि हङकङ डलर १३ हजार २ सय ११, निवर्तमान अध्यक्ष जजिन चाम्लिङकी आमाको निधन हुँदा हङकङ डलर ५ हजार, वरिष्ठ सल्लाहकार यामबहादुर बुढाथोकीको छोराको निधन हुँदा हङकङ डलर ५ हजार, हिराबहादुर रानाको बुबाको निधन हुँदा हङकङ डलर ५ हजार, भीमकाजी गुरुङको बुबाको निधन हुँदा हङकङ डलर ५ हजार, देवेन्द्र रानाको बुबाको निधन हुँदा हङकङ डलर ५ हजार, प्रवक्ता मुककाजी गुरुङको बुबाको निधन हुँदा हङकङ डलर ५ हजार, पूर्णबहादुर थापाको आमाको निधन हुँदा हङकङ डलर ५ हजार सहयोग गरिसकिएको संघका नवनिर्वा्िचत अध्यक्ष मनप्रसाद गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै, सन् २०१४ मा अपाङ्ग साँझ सम्पन्न गरी संकलित रकमबाट नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि खोलिएको अक्षयकोषलाई २ लाख रुपैयाँ, सन् २०१५ मा नेपालमा गएको विनाशकारी महाभूकम्पपीडितहरूका लागि गोरखाको बारपाक, सिन्धुपाल्चोक, भोजपुर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)लाई ५ लाख ५० हजार रुपैयाँ, सन् २०१७ मा सूचना प्रविधि अभियन्ता डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न गरी ५ लाख रुपैयाँ सहयोग, सन् २०१६ मा स्याङ्जाको साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारकको सहयोगार्थ १ लाख रुपैयाँ सहयोग, सन् २०१७ मा कास्कीको रिभानमा गएको बाढीपहिरोपीडितलाई ५० थान संघको नाम लेखिएको टिसर्ट सहयोग गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

Advertisment