नेपाली सेना सम्बन्धि ‘फिल्म’बनाउँदै आदित्य बुढाथोकी

पोखरा, २५ बैशाख । अभिनेताआदित्य बुढाथोकीले आफ्नै निर्देशनमानयाँफिल्मनिर्माण गर्ने भएका छन् । ‘नेपथ्य’पछि फिल्ममानदेखिएकाआदित्यले यो बीचमाआफुलाई निर्देशकको रुपमा स्थापितगर्न तयारी गरिरहेकाथिए ।

यो बीचमाउनले थुप्रै म्यूजिक भिडियोहरु निर्देशनगरिसकेका छन् । ‘अबफिल्मको निर्देशनगर्न सक्छु भन्नेमा ढुक्क छु । र, अहिलेसम्मको मेरो अनुभवले पनिमलाई फिल्मनिर्देशनगर्न उत्प्रेरणा दिईरहेको छ ।’ आदित्यले भने–‘त्यसैले मैले अबआफुलाई अभिनेतासँगै निर्देशकको रुपमापनि प्रस्तुतगर्न लागेको हुँ ।’चकलेटी अनुहारकाआदित्यले यसअगाडि नेपथ्यसँगै, तिमी मेरो म तिम्रो, जीवनको गोरेटो, हे युवालगाएतकाफिल्महरुमामूख्यअभिनेताको रुपमाअभिनयगरिसकेका छन् ।

सानैदेखि अभिनयगर्ने आदित्यले २०५९ सालमा राष्ट्रिय नाचघरमाऔपचारिक रुपमाअभिनयको कक्षालिएकाथिए । फिल्ममाआउनभन्दा अगाडि नै उनी टेलिफिल्महरुबाट चर्चामाआएकाथिए । सबिन बाँस्तोलाको निर्देशनमातत्कालिन समयमाआउने टेलिसिरियल ‘थोरै भएपुगिसरी’बाट उनीनिकै चर्चित बने ।

शम्भु प्रधानको ‘तिमी पुरुष’, विष्णु शर्माको ‘क्याम्पस’ र लय संग्रौलाको ‘एक रात’ जस्ता तत्कालिन समयको लोकप्रीयटेलिसिरियलहरुमाआदित्यले मुख्यभूमिकामाअभिनयगरिसकेका छन् । उनले अभिनयसँगै विभिन्न सर्ट फिल्महरु पनिबनाउँदै आएका छन् । यो बीचमाअभिनय र निर्देशनको माध्यमबाट उनले विभिन्न अवार्डहरु समेत प्राप्त गरेका छन् ।

निर्देशनमाआएपनिआफूले अभिनयलाई पनि सँगसँगै अगाडि बढाउने सोँचमा रहेको आदित्य बताउँछन् । कस्तो हुन्छ त आदित्यले निर्देशनगर्ने फिल्म?भन्ने बारे उनले भने, ‘राष्ट्रियतासम्बन्धि एउटा कथामालामो समयदेखि म लगाएत मेरो टिमले फिल्म सम्बन्धितयारी गरिरहेको छ । राष्ट्रियता सम्बन्धिफिल्मनिकै कमबनेका छन् र त्यस्ताफिल्म बन्नुपर्छ भन्ने मेरो मान्यताहो ।’ नेपालआर्मी सम्बन्धिफिल्मबन्ने उनले खुलाए ।

हालप्रि प्रोडक्शनको कामचलिरहेको फिल्मको बारेमा केहि दिनमा नै आफूले सार्वजनिकगर्ने आदित्यले बताए ।

Advertisment