रन्जनको गोलसँगै आयोजक टिम भिमकाली कपको क्वाटरफाईनलमा

पोखरा २३ बैशाख । पुरानो टुडिखेलमा गत १६ गते देखी जारी दोस्रो भिमकाली कपको आईतबार सम्पन्न प्रि–क्वाटरफाईनलबाट आयोजक टिम, रि युनाईटेड, लेकसाईड फुटबल क्लब, रत्न समाज, बि–१३ बाझापाटन, एल.जि एसोशियसन, सँगम फुटबल क्लब र तारा फुटबल क्लब बिजयी भएसँगै क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

आईतबार सम्पन्न पहिलो खेलमा आयोजक टिमले ए.वाई.सि भण्डारढिकलाई १–० गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रबेश ग¥यो । आयोजकको जितमा रन्जन पुनले निर्णायक गोल गर्न सफल रहे । डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड र रि युनाईटेड बिच भएको दोस्रो खेल गोलरहित भएपछि ट्राईबेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै रि युनाईटेडले क्वाटरफाईनलका लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा लेकसाईड फुटबल क्लबले १–० को गोल नतिजा सहित केबि गाईजलाई प्रतियोगिताबाट पाखा लगायो ।रत्न समाज र गैरी युनाईटेड बिच भएको चौथो खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकरमा ६–५ को गोल नतिजा सहित पराजित गर्दै रत्न समाज क्वाटरफाईनलमा प्रबेश ग¥यो ।

प्रतियोगिताको पाचौ खेलमा बि–१३ बाझापाटनले २–० गोल अन्तरले रन्जन मेमोरियललाई प्रतियोगिताबाट पाखा लगाउदै क्वाटरफाईनलमा प्रबेश ग¥यो ।बिष्णु पादुका क्लब र एल.जि एसोशियसन बिच भएको छैटौं खेलमा समान १–१ गोल भएपछि ट्राईबेकरमा ६–५ को गोल नतिजा सहित एल.जि एसोशियसन बिजयी भयो ।

सातौ खेलमा सँगम फुटबल क्लबका बेल प्रसाद गुरुङले निर्णायक गोल १ गरै सँगै एम–१२ प्रतियोगिताबाट बाहिरीयो । आर्ईतबार सम्पन्न अन्तिम खेलमा तारा फुटबल क्लबले ५–१ को फराकिलो गोल नतिजा सहित पसगाउँलाई हराउदै क्वाटरफाईनलमा प्रबेश गरेकोे खेल संयोजक मनोज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सोमबार क्वाटरफाईनलका ४ खेल सञ्चालन हुनेछन भने प्रतियोगिताको फाईनल आगामी २६ गते हुनेछ ।

Advertisment